आज सुनचाँदीको भाउ बढ्यो

1.2k Shares

काठमाण्डौ - कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । 

आज सुनको भाउ तोलाको २ लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ । आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९६ हजार ५०० रुपैयाँ रहेको थियो । बुधबारयता लगातार तीन कारोबार दिन सुनको भाउ घटेकोमा आज बढेको हो । शुक्रबार तोलामा २ हजार २०० रुपैयाले घटेको थियो । 

त्यस्तै आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर तोलाको ४ हजार ९९५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ९४५ रुपैयाँ थियो ।  

सम्बन्धित समाचार