कुर्सीमा बस्दा हामीभित्र फोहोर जम्मा हुँदै गएको थियो, नागरिकले सवक सिकाए : प्रचण्ड

674 Shares

काठमाण्डाै – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सत्तामा रहँदा गरेको कमजोरी र विकृतिको सजाय नागरिकले चुनावमार्फत दिएका बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आज काठमाण्डाैमा आयाेजित कार्यक्रममा संयाेजक प्रचण्डले नागरिकले सुध्रिने अवसर दिएका बताउनुभयो । उहाँले सत्तामा रहँदा पार्टीभित्र फोहोर थुप्रिँदै गएको स्वीकार गर्नुभयो ।

प्रचण्डले नागरिकले घृणा गरेको नभई फोहोर जम्मा भएकोले नुहाइधुवाइ गरेर फर्कन सवक सिकाएका उल्लेख गर्नुभयो । उहाँकाअनुसार अहिले देखिएको राजनीतिक धक्कालाई गम्भीर आत्मसमीक्षा गरेर सुधारको अवसरका रूपमा लिनुपर्छ । यी अनुभवबाट पाठ सिकेर अगाडि बढ्न सके कम्युनिस्ट आन्दोलन अझ सुदृढ हुने उहाँको भनाइ छ ।

प्रचण्डले भन्नुभयो, ‘अहिले क्षणिक रूपमा कम्युनिस्ट आन्दोनले धक्का खाएको देखिएको छ, त्यसबाट हामीले शिक्षा लिनुपर्छ । यी धक्काहरू हामीभित्र जम्मा भएका फोहोरमैला सफा गर्ने अवसर पनि हो । सायद हामी सत्तामा बस्दा, कुर्सीमा बस्दाबस्दा धेरै फोहोरहरू हामीभित्र जम्मा हुँदै गएको थियो । अहिले नागरिकले हामीलाई घृणा गरेको होइन, नागरिकले हामीलाई नुहाइधुवाइ गरेर आऊ भनेर सवक सिकाएको हो ।’

सम्बन्धित समाचार