पूर्वसचिव पन्तलाई ५ लाख धरौटीमा छाडन विशेष अदालतको आदेश

7.2k Shares

काठमाडौं – विशेष अदालतले तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वसचिव पन्तलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

पतञ्जली योगपीठसँग सम्बन्धित जग्गाको हदबन्दी छुट र सट्टापट्टाको प्रस्ताव उनले नै मन्त्रिपरिषद्‌मा पेस गर्ने निर्णय लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव पन्तविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

पूर्वसचिव पन्तले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मुख्यसचिव माधवप्रसाद घिमिरेको दबाबमा परेर आफूले प्रस्ताव पेस गरेको विशेष अदालतमा बयान दिएका छन्।

हिजो मात्रै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई वारेशनामा राख्न रोक लगाएको थियो, ३ वर्ष भन्दा बढी कैदको सजाय मागमा वारेसनामा राख्न नपाउने नियम रहेको भन्दै विशेष अदालतले स्मरण गराएको थियो ।

सम्बन्धित समाचार