बङ्गाल प्रान्तमा हुने चुनावका कारण पूर्वी सीमा नाका ७२ घण्टाका लागि बन्द

1k Shares

काठमाण्डौ - भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधान सभाको चुनावका कारण पूर्वी सीमा नाका बन्द गरिएको छ । हिजो बेलुकादेखि ७२ घण्टाका लागि पूर्वी सीमा नाका बन्द गरिएको हो ।

भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले हिजो बेलुका ६ बजेदेखि पर्सि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीट्याङ्की नाकाबाट मानिस तथा गाडीको आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । 

तर उपचारका लागि बिरामी र अति आवश्यक कामका लागि परिचय देखाएर सीमामा आवतजावत गर्न दिइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले जानकारी दिनुभयो । 

भारतको पश्चिम बङ्गालमा पर्सि बिहीबार विधान सभाको चुनाव हुँदैछ ।  

सम्बन्धित समाचार