पूर्णबहादुरले राखेको बैठकमा शेखर समूह सहभागी नहुने

210 Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको बैठकमा नेता डा. शेखर कोइराला पक्ष सहभागी नहुने भएको छ।
सर्वोच्चले गगन थापा नेतृत्वलाई आधिकारिकता दिएपछि खड्काले आज आफूनिकट नेताहरूको बैठक निवासमै राखेका छन्।
तर कोइराला पक्षका नेताहरूलाई खड्काले नबोलाएको एक नेताले बताए।
ती नेताले भने, ‘शेखर दाइले पहिला पनि प्रस्ट भनिसक्नुभएको थियो, हामी कसैले बोलाएको भेलामा सहभागी हुँदैनौ, हामी आफ्नै ढङ्गले अघि बढ्छौँ भनेर त्यसैले आजको बैठकमा हामी सहभागी हुँदैनौ।’
सर्वोच्चको फैसला स्वीकारेर पार्टीलाई एकताबद्ध बनाएर जानुपर्ने ती नेताको बुझाइ छ। शेखर कोइराला अहिले विराटनगरमा भएकाले फैसलापछिको परिस्थितिबारे सामूहिक रूपमा कुनै छलफल नै नभएको ती नेताले बताए।
ती नेताले थपे, ‘भोलि बिहान पूर्वउपसभापति धनराज दाइले अनौपचारिक छलफल राख्नुभएको छ। थप छलफल शेखर दाइ फर्केपछि गर्छौँ।’

सम्बन्धित समाचार