बले चिप्लिँदा सुशीललाई चिठ्ठा

3k Shares

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको आरोप लगाएपछि नायक सुशील सिटौलाले सोच्दै नसोचेको फिल्म हात परेका छन् । 

९० प्रतिशत छायाङ्कन भइसकेको फिल्म ‘पाँच पाण्डव’बाट बले निकालिएपछि सिटौलाको प्रवेश भएको हो । 

निर्माण पक्षले उनी अनुबन्ध भएको सोमबार सार्वजनिक गरेको हो । 

फिल्मका प्रस्तुतकर्ता भन्छन्, ‘हामीलाई एक कलाकारको आवश्यक पर्‍यो । सुशीलालाई लिएका हौं ।’

सुशीलका लागि ‘पाँच पाण्डव’ कल्पना बाहिरको फिल्म हो । छायाङ्कनको अन्तिमतिर पुगेका फिल्ममा अवसर पाउन जो कोहीको कल्पनाको विषय होइन। 

हुन पनि बले बलात्कार काण्डमा नफसेर न निकालिएका भए सुशीलले फिल्म पाउने थिएनन् । बलेका कारण सुशीललाई चिठ्ठा परेको हो । 

सुशीलले अब हरिवंश आचार्य, जितु नेपाल र आर्यन सिग्देल जस्ता सिनियर कलाकारसँग स्क्रिन सेयर गर्न पाउनेछन् । 

यस फिल्ममा महेश त्रिपाठी, दीपाश्री निरौला र सरिता गिरी जस्ता कलाकारको अभिनय रहेको छ । 

काली रानी फिल्मस्को ब्यानरमा बन्ने छायाङ्कनको चरणमा रहेको यस फिल्मको निर्देशक वसन्त निरौला हुन् ।

कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । 

सम्बन्धित समाचार