राष्ट्रियसभा निर्वाचनको छलफल निष्कर्षबिहीन, आज फेरि बैठक बस्दै

16.7k Shares

काठमाडौं – राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँडमा सहमति गर्न गठबन्धन दलको बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार रातिसम्म बसेको बैठकमा सहमति नभएपछि आज फेरि बैठक बस्न लागेको हो।

आज बैठक बस्ने बताइएको भए पनि समय तोकिएको छैन। सत्ता गठबन्धनमा सिट संख्या भन्दा दलको दाबी धेरै भएपछि कुरा नमिलेको हो। शनिबारको बैठकमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठक सकारात्मक भए पनि अन्तिम टुंगोमा पुग्न सकेको छैन।

कांग्रेसले ११ सिटमा आफ्नो दाबी कायमै राखेको छ। माओवादी ६, जसपा र एकीकृत समाजवादीले तीन–तीन सिट दाबी गरेका छन्। नागरिक उन्मुक्ति, जनमत र राष्ट्रिय जनमोर्चालाई १–१ सिट दिन गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस तयार देखिएको छैन। यी साना दलले भने दाबी कायमै राखेका छन्। १९ सिटका लागि हुन लागेको निर्वाचनमा दाबी भने २६ पुगेको छ।

सम्बन्धित समाचार