खनिजजन्य उद्योगबाट उठ्यो झण्डै सवा २ अर्ब राजश्व

3k Shares

काठमाण्डौ - चालु आर्थिक वर्षको ८ महिनामा खनिजजन्य उद्योगबाट २ अर्ब १४ करोड रुपैयाँ राजश्व उठेको छ । 

यो गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षको आठ महिनाको अवधीको हो । खानी तथा भूगर्भ विभागका अनुसार चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायतका खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणबाट यो रकम सङ्कलन भएको हो । 

गएको आर्थिक वर्षमा विभागले चुनढुङ्गा, टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट, तामा उत्खननको अनुमति दिएको थियो । 

सम्बन्धित समाचार