फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न समिति बन्यो

3.4k Shares

काठमाण्डाै – सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको अहिलेको अवस्था यकिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिले फेवातालको चार किल्ला सिमानाभित्रको जग्गाको अहिलेको अवस्था र निर्माण भएका संरचनालगायतको अध्ययन गर्ने छ भने फेवातालको क्षेत्रभित्र पर्ने सम्पूर्ण कित्ता जग्गाको यथार्थ विवरण सङ्कलन गरी अभिलेखीकरण कार्य पनि गर्नेछ ।

ताल क्षेत्रभित्र परेका निजी तथा सरकारी जग्गाको अवस्था, दर्ता स्थिति र प्रयोगको अवस्थाबारे विस्तृत अध्ययन गरिने मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय प्रधानमन्त्री बालेन शाहले फेवाताल संरक्षणमा चासो देखाएपछि पोखरा महानगरपालिकाले अतिक्रमित फेवाताल क्षेत्र खाली गराउने अभियान सञ्चालन गरेको छ ।

सम्बन्धित समाचार