भक्तपुरबाट एकैदिन ६० जना पक्राउ

2.3k Shares

काठमाण्डौ - जिल्ला प्रहरी परिसर भक्तपुरले ‘स्विप अपरेसन’ मार्फत हिजो एकैदिन ६० जनालाई पक्राउ गरेको छ । 

प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले विभिन्न ठाउँबाट ६० जना पक्राउ परेका जानकारी दिनुभयो । जिल्लाका दुई वटा प्रहरी वृत्त, प्रहरी प्रभाग र युनिटलाई परिचालन गरी अप्रेसन शुरु गरिएको उहाँको भनाइ छ । 

सार्वजनिक स्थलहरूमा शान्तिसुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने, शङ्कास्पद गतिविधि गर्ने, विभिन्न ठाउँमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्नेलगायतको गतिविधि गर्ने ६० जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । 

सम्बन्धित समाचार