कांग्रेसका खड्का र एमालेकी शर्मा रिहाइको मागसहित दायर भयो बन्दीप्रत्यक्षीकरण रिट

1k Shares

काठमाडौं– पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का र एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा रिहाका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर भएको छ ।

पूर्वमन्त्री खड्काको हकमा श्रीमती बिनिता खड्का र रेखा शर्माको हकमा चिन्तामणि शर्माले बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका हुन् ।

उनीहरूको रिट दर्ता भएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

खड्का सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि प्रहरीको हिरासतमा छन् । यस्तै शर्मा भने बालिकामाथि हिंसाको अभियोगमा प्रहरी हिरासतमा छिन् ।

 

सम्बन्धित समाचार