विकल र सुनिल पौडेललाई सात दिन थुनामा राख्न अदालतको अनुमति

17.4k Shares

काठमाडौं । टेरामक्स र सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पक्राउ परेका सुनिल पौडेल र विकल पौडेललाई थुनामा राख्न सात दिनको म्याद थप भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेका पौडेलद्वयमाथि अनुसन्धानका लागि अख्तियारलाई सात दिनको अनुमति दिएको हो ।

प्रवक्ता धनबहादुर कार्कीका अनुसार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पौडेलद्वयलाई थुनामा राख्ने अनुमति दिएको हो । 

उनीहरूलाई बुधबार पक्राउ गरेको अख्तियारले आज विशेष अदालतमा उपस्थित गराएको थियो ।

सम्बन्धित समाचार