अशोक राईले पनि छाडे प्रचण्डको साथ, तीनै मन्त्रीले बुझाए राजीनामा

13.8k Shares

काठमाडौं- गत वैशाख २१ गते जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा गठित जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेका छन् ।

गत वैशाख ३१ गते मन्त्री बनेका जनता समाजवादी पार्टीका दुईजना मन्त्री र एकजना राज्यमन्त्रीले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

जसपा नेता एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खातुनले प्रधानमन्त्रीलााई राजीनामा बुझाएका हुन् ।

यादव, सुडी र खातुनले राजीनामा बुझाएसँगै अशोक राई नेतृत्वको जसपाले प्रचण्ड ने‍तृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । राई नेतृत्वको जसपामा संघीय संसद्‍मा ७ सांसद रहेका छन् ।

सम्बन्धित समाचार