ललितपुर । जिल्ला सहकारी संघ ललितपुरको हिजो भएको निर्वाचनमा प्रजातान्त्रिक धारका अध्यक्ष पदमा प्रत्यासीमध्ये जगतलाल महर्जन विजयी भएका छन् । उनले प्रजातान्त्रिक धारकै अध्यक्षका प्रत्याशी केदार गोर्खालीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचित अध्यक्ष महर्जनले २०१ मत ल्याएका थिए भने उनका प्रत्यासी गोर्खालीले १९२ मत ल्याएका थिए । जिल्ला संघको समग्र सुधारका लागि ललितपुरको सहकारी अभियानले मर्हजनलाई अघि सारेको थियो । यस अघिका अध्यक्ष गोर्खालीको कार्यशैलीप्रति असन्तुष्ट बनेकाहरुले जिल्ला संघमा मर्हजनको अध्यक्षतामा प्यानल नै खडा गरेका थिए ।
संघको उपाध्यक्षमा शशि खड्का गुरुङ, कोषाध्यक्षमा पुरुषोतम वजगाई र लेखा समिति सदस्यमा इन्द्रकुमारी थापा भने निर्विरोध निर्वाचित भएका थिए । त्यसैगरी संघको सचिवमा अनिल विर बज्रचार्य र संचालकहरुमा सविना तण्डुकार, इन्द्रकुमारी शाक्य, राम गोविन्द्र मर्हजन,उपेन्द्र अवाले र दिपेन्द्र रमण डंगोल निर्वाचित भएका छन् ।
त्यस्तै लेखा सुपरीवेक्षण समिति संयोजकमा प्रल्लाद विष्ट र सदस्यमा ठक्कर घिमिरे निर्वाचित भएका छन् । कुनै समय सहकारी अभियानमा सक्रिय संघको रुपमा पहिचान बनाउन सफल जिल्ला संघ ललितपुर पछिल्लो केही बर्षयता निस्कृय जस्तै बनेको थियो । जिल्लामा रहेका सहकारी संस्थाहरुको अभिभावक संघको रुपमा रहेको उक्त संघको भूमिकालाई पुनः स्थापित गरी अभियानको विकास र प्रवद्र्धनमा काम गर्नु नवनिर्वाचित कार्य समितिको चुनौती रहेको छ । नवनिर्वाचित अध्यक्षलाई सफल कार्यकालको शुभकामना ।