सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

2.9k Shares

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति छायाङ्कन अगावै सार्वजनिक भएको छ ।

नीतिले आइतबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी वर्षको भदौ २४ लाई तोकिएको जानकारी दिइन् ।उनले भनिन्, ‘सबै पक्षसँगको सल्लाहले यो फिल्मको भदौ २४ मा ल्याउनुपर्ने अवस्था बन्यो ।’

अहिले यो फिल्मको छायाङ्कन नै सुरु भएको छैन । चैत २४ बाट छायाङ्कनमा निस्कने योजनामा उनी छन् ।शीर्ष नायिकाका डेढ दशक लामो करिअरपछि नायिका नीताले निर्देशनमा हात हाल्न थालेकी हुन् ।

यस फिल्ममा उनी नै शीर्ष भूमिकामा छन् । उनका साथमा कलाकार दीपाश्री निरौला,अशोक दर्जी, सिरु बिष्ट र राधिका कँडेललगायत छन् ।यो फिल्मको कथा पनि नीता आफैँले लेखेकी हुन् । स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् ।

नीताकै ब्यानर ‘नीता फिल्मस्’बाट यो फिल्म बन्ने बताइएको छ ।

सम्बन्धित समाचार