विश्वभर शेयर बजार आतकिंत हुँदा जापानको बजारमा उछाल

6.5k Shares

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाउने घोषणा गरेपछि विश्वभरको शेयर बजार लगातार ओरालो लाग्दै गर्दा जापानको बाजरमा भने वृद्धि देखिएको छ ।

जापानको प्रमुख शेयर बजार सूचक ‘निक्के २२५’ मंगलबार ६ प्रतिशतले वृद्धि भएको छ । मंगलबार निक्के २२५ १८७६ अंकले बढेर ३३ हजार १२ दशमलब ५८ विन्दुमा पुगेको छ ।

टोकियो स्टक प्राइस इन्डेक्स (टपिक्स) पनि मंगलबार ६.२६ प्रतिशतले बढेर बन्द भएको छ ।

यता विश्वको सबैभन्दा ठूलो मानिने अमेरीकी ‘एस एण्ड पी ५००’ भने हिजो घटेर बन्द भएको छ । एस एण्ड पी ५०० सोमबार ०.२३ प्रतिशतले घटेर ५०६२.२५ विन्दुमा आएको छ ।

सम्बन्धित समाचार