अवरुद्ध बीपी राजमार्ग र कान्तिलोक पथ खुल्यो

5.5k Shares

काठमाण्डौ - अवरुद्ध बीपी राजमार्ग र कान्तिलोक पथ सञ्चालनमा आएका छन् । हिजो र अस्तिको वर्षाले अवरुद्ध बीपी राजमार्गको पहिरो तथा लेदो पन्छाएसँगै गएरातिदेखि खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

राजमार्गको भकुण्डे-नेपालथोक सडकखण्डअन्तर्गत रोशी गाउँपालिकाका विभिन्न ठाउँमा लेदोसहितको बाढी/पहिरोका कारण गाडी चल्न सकेका थिएनन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले सडक दुईतर्फी सञ्चालनमा आए पनि मौसमलाई ख्याल गरी यात्रा गर्न अनुरोध गरेको छ । यसअघि कार्यालयले हिजो र अस्ति गाडीलाई रोकेको थियो । 

यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका–८ भैराङडाँडामा पहिरोले अवरुद्ध कान्ति लोकपथ पनि आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको छ । हिजो दिउँसो पहिरो खस्दा अवरुद्ध भएको सडक पहिरो पन्छाएसँगै खुलेको र अहिले दुईतर्फी नै खुलाउन काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सम्बन्धित समाचार