प्रधानमन्त्री बालेनको गीत बनायो नयाँ रेकर्ड

1.1k Shares

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले सार्वजनिक भएको २४ घण्टाभित्रै युट्युबमा ३६ लाखभन्दा बढी भ्युज बटुलेको छ।

बिहीबार साँझ सार्वजनिक गरिएको उक्त गीतले छोटो समयमै दर्शकको ध्यान तान्दै तीव्र गतिमा भ्युज बढाएको हो । समाचार तयार पार्दासम्म गीतले ३७ लाख ६७ हजार ३८५ भ्युज पार गरिसकेको छ ।

यसअघि नेपाली युट्युबमा छोटो समयमा धेरै भ्युज पाउने रेकर्ड दुर्गेश थापा र सिसन बानियाँ को ‘जाने भए जाम माया’ गीतको नाममा थियो, जसले २० घण्टामा १६ लाख भ्युज प्राप्त गरेको थियो । तर बालेनको नयाँ गीतले त्यो आँकडालाई दोब्बरभन्दा बढीले उछिन्दै नयाँ रेकर्ड बनाएको हो ।

सम्बन्धित समाचार