बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु

7.1k Shares

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा ५ जना सवार रहेको खुलेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) त्रिभुवन विमानस्थल कार्यालयका अनुसार ९ एन-एनओ दर्ता नम्बरको एएस ३५०  हेलिकप्टर दिउँसो करिब १:३० बजेदेखि सम्पर्कविहीन भएको हो।

हेलिकप्टर काठमाडौं–चरिकोट–ल्हाप्चा–चरिकोट–काठमाडौं उडान कार्यक्रमअन्तर्गत ल्हाप्चाबाट १२:१७ बजे चरिकोटतर्फ उडेको थियो । हेलिकप्टरमा चालक दलका रूपमा १ जना क्याप्टेन र यात्रु ५ जना सवार थिए । 

नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर सम्पर्कविहीन भएपछि सुरक्षा निकाय र सम्बन्धित निकायले खोजीकार्य तीव्र बनाएका छन्।

हेलिकप्टरको अवस्थाबारे हालसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। सुरक्षा निकायले सम्भावित लोकेशन पहिचान गरी खोजी अभियान जारी राखेको जनाएको छ।

सम्बन्धित समाचार