सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

1.4k Shares

काठमाडौं ।बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको छ।
छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्यमा पनि गिरावट आई तोलामा १०० रुपैयाँले घटेको छ।
 नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, प्रति १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ८५५ रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ र प्रति १० ग्राम २ लाख ४७ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १३३ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम ४ हजार २१८ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि पर्दै आएको छ । 

सम्बन्धित समाचार