शेयर बजार : १८.०६ अंकले घट्यो नेप्से

16.9k Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक करिब १८ अंकले घटेको छ । नेप्से १८.०६ अंकले घटेर १८५८.५३ को बिन्दुमा झरेको छ ।

आज २८९ धितोपत्रको ४५ लाख ९५ हजार ५३३ कित्ता एक अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ रुपैयाँमा किनबेच भएको छ । आज सेन्सेटिभ इनडेक्स ०.७८ प्रतिशतले घटेर ३५६.०८ को बिन्दुमा झरेको छ ।

आज १३ वटा उपसमूहमध्ये म्युचुअल फन्ड उससमूहको समूहगत सूचक मात्र बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक घटेको छ ।

सम्बन्धित समाचार