प्रतिनिधिसभा निर्वाचनमा बारा ३ का उम्मेदवारलाई असहयोग गरेको आरोपमा कांग्रेसका जिल्ला सभापतिलाई कारबाही सिफारिस गरिएको छ।
कांग्रेसको बारा ३ क्षेत्रीय सभापतिले जिल्ला सभापति राजेश राय यादवसहित ९ जनालाई कारबाहीको सिफारिस गरेका हुन्।
कारबाही सिफारिसमा जिल्ला सदस्यहरू रवीन्द्र यादव र रविकिरण साह कलवार लगायतका नेताहरूको नाम उल्लेख छ।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका क्रममा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश राय यादवले पार्टीका बारा ३ का उम्मेदवार फरमुल्लाह मन्सुरलाई असहयोग गरेको भन्दै कारबाही सिफारिस गरिएको छ ।
कांग्रेसको बारा ३ क्षेत्रीय सभापति प्रभातकुमार चौरासियाले जिल्ला सभापति यादवसहित ९ जनालाई कारबाहीको सिफारिस गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिलाई गरिएको कारबाही सिफारिसमा जिल्ला सभापति यादवसहित जिल्ला सदस्यहरू रवीन्द्र यादव, रविकिरण साह कलवार सहितका छन् ।