पर्सामा इन्स्पेक्टर पुरीको आदेशमा घुमुवा आतंक, सेवाग्राही आजित

21.5k Shares

बिरगंज । ०४६ सालपछिका नेपाल प्रहरीका आइजिपीहरूमा वर्तमान आाइजिपी शैलेश थापा क्षेत्री भ्रष्टाचार र अनियमिततामा नजोडिएको नाम हो । टेण्डर र अन्य खरिदका बिषयमा उनको नाम हालसम्म जोडिएको छैन । तथापि उनले नखाए पनि प्रवन्ध, लेखा, कल्याणदेखि मातहतका हरेक प्रहरी कार्यालयमा भने भ्रष्टाचार, असुली र घुषखोरी भने रोकिएको छैन ।

झन् आइजिपीलाई बुझाउनु नपर्ने भए पछि जति उठायो सबै आफुलाई भन्ने एक सुत्रिय अभियान चलेको छ । अहिले पर्साको बडा प्रहरी कार्यालय बिर्तामा यस्तै खुलेयाम असुली आंतक मच्चिएको छ । निरीक्षक राजेश राज पुरीले राखेका घुमवाको असुली आतंकले सेवाग्राही आजित बनेका छन् । केरकारमा संगै कार्यरत रहेको कारण तत्कालीन आाइजिपी सर्बेन्द्र खनालले काखी च्यापेर सचिवालयदेखि बडीगार्ड बनाएका निरीक्षक पुरी नै अहिले बडा प्रहरी कार्यालय बिर्ताका प्रमुख हुन् । 

जो धेरै भ्रष्टाचार र असुली गर्छ त्यही आदर्श र भ्रष्टाचार विरोधी कुरा गर्न र भाषण छाड्छ । आाइजिपीको बडीगार्ड बसेकै भरमा सोर्सफोर्सकै माध्यमले पुरी कमाउ अखडा बिर्ता आएका हुन भन्ने कुरामा कुनै बिबाद छैन । उनी कमाउनकै लागि आएका पनि हुन अन्यथा जुम्ला, हुम्ला र ताप्लेजुङ गए भई हाल्यो नि ?  त्यसैले प्रहरीका केही अफिसरहरू घुष खान्न र म इमानदार छु भन्ने तर सरूवा पर्सा, रूपन्देही, सर्लाही, धनुषा मानौ जहाँ तस्करी गरेर गराएर मासिक बिसौ लाख असुल्न सकिन्छ त्यहीँ सरूवा मिलाएर जान्छन् । यो यथार्थ हो । 

निरीक्षक राजेश राज पुरीले पनि सरूवा भएर आएदेखि नै हवल्दार बिनोद साहलाई घुमुवाका परिचालन गरेका छन् र तिनै घुमुवाले व्यापक मात्रामा रकम असुली गरिरहेका छन् । ठूला मुद्दा नचलेपनि सार्वजनिक मुद्दा चल्ने यस बडा प्रहरी कार्यालयका यी घुमुवा बिनोद साहले जोसुकै सेवाग्राही आएपनि रकमको मोलमोलाई नगरी कुनै काम गर्देनन् । लाग्छ राजेश पुरी कार्यालय प्रमुख नभई उनै बिनोद साह प्रमुख हुन् । बिगत  आठ  बर्षदेखि यही कार्यालयमा घुमुवाको रूपमा कार्यरत बिनोद साह सिपाही हुँदा पनि यही थिए । आाफुलाई इमानदार भन्न रूचाउने पुरीले त त्यस्ता बदनाम र घुष असुलीमा सक्रिय घुमुवा किन राखेर असुलीलाई मलजल र प्रश्रय दिइरहेका छन् । मिनी क्यासिनोमा खुलेयाम नेपाली प्रवेश गर्न छुट दिएर मासिक असुली भइरहेको छ भने सामान्य बहानामा मानिस पक्राउ ग¥र्या अनि मोलमोलाई ग¥र्या छोड्यो । घुमुवा बिनोदको आदेश पछि मात्रै पक्राउ परेका छुट्छन् जब उनले रकम असुलेको हुन्छन् । यो कुरा धनुषा बस्ने डिआइजी उमेश रन्जितकारकोमा पनि नपुगेको होइन तर उठाएको भाग त्यहांँसम्म पुगेर हो कि उनले पनि तान्न सकेका छैनन् भने आइजिपीको सचिवालय मातहतको उजुरी छानबिनमा रहेका अधिकृतलाई पनि मिलाइसकेको कारण उनको जति उजुरी परे पनि छानबिनमा तानिदैनन् । धेरै पटक बदनाम घुमुवा तानेर तालिम गराएर प्रदेश कटान गरि काज वा सरूवा गर्ने सचिवालयले आठ बर्षदेखि घुमुवा भएर बदनाम कमाएमा बिर्ताका हवल्दार बिनोद साहलाई भने अझै केही नगरेबाट आइजिपीको सचिवालयमा पनि घुमुवा साहको वा निरीक्षक पुरीको राम्रो सेटिङ रहेछ भन्ने कुरा उजागर भएको छ ।

सम्बन्धित समाचार