रास्वपाले आयोगमा ४८ महिला र ९ पुरुषको नाम पठाउने

4.3k Shares

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीमा परेका ५७ जनाको नाम आज नै निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। अहिले बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता मनिष झाले बताए ।

झाका अनुसार विधानले माग गरे बमोजिम ४८ जना महिला र ९ जना पुरुष पठाउने निर्णय गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकमा खसआर्यमा १७ जना जनजातिमा १६ जना मुस्लिममा ३ जना दलितमा आठ जना, मधेसीमा नौ जना थारुमा चारजना परेका छन् ।

प्रवक्ता झाका अनुसार निर्वाचन आयोगले औपचारिक प्रक्रिया पूरा गरिसकेपछि मात्रै यी व्यक्तिहरूको नामावली बाहिर सार्वजनिक गरिनेछ।

सम्बन्धित समाचार