नेशन्स गट ट्यालेन्ट विजेता बनिन् डोटीकी उदिप्ती

2.9k Shares

डोटीकी उदिप्ती रावलले 'नेशन्स गट ट्यालेन्ट' सिजन २ को उपाधि जितिन् र १ लाख रुपैयाँ पाइन्।
म्याग्दीकी सुप्रिया थापा फस्ट रनर्सअप भइन् भने सोलुखुम्बुकी पाशाङ ल्हामु शेर्पा सेकेण्ड रनर्सअप भइन्।
प्रतियोगितामा १८ सय बालबालिका अडिसनमा सहभागी थिए, जसमा विभिन्न चरण पार गर्दै ६ जना फाइनलमा पुगे।
काठमाडौँ । डान्स रियाल्टी शो ‘नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा)’ सिजन २ को उपाधि डोटीकी उदिप्ती रावलले जितेकी छन् । एएनपी मिडिया हाउसद्वारा आयोजित बालबालिका सहभागी शोको विजेता भएपछि उनले उपाधिका साथमा नगद १ लाख रुपियाँ समेत प्राप्त गरेकी छन् । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, नृत्य निर्देशक वसन्त श्रेष्ठ, कमल राई र राजु शाह उनलाई पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा म्याग्दीकी सुप्रिया थापा फष्ट रनर्सअप र सोलुखुम्बुकी पाशाङ ल्हामु शेर्पा सेकेण्ड रनर्सअप भए । दुवैले उपाधिका साथमा क्रमशः नगद ६० हजार र ४० हजार प्राप्त गरे ।

प्रतियोगितामा कालिकोटकी स्प्रीका शाही थर्ड, भक्तपुरकी जलादि खड्का फोर्थ र महोत्तरीकी श्रृयाना घिशिङ फीप्थ रनर्सअप भए। उनीहरूलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।

स्पेस फोके टेलिभिजन र ओएसआर.रियाल्टीबाट प्रसारण हुँदै आएको शोको अडिसनमा १८ सयजना बाल–बालिका सहभागी थिए । विभिन्न चरणको छनौट पार गर्दै फाइनल ६ प्रतियोगीले प्रतिस्पर्धा गरेको आयोजक एएनपी मिडिया हाउसका प्रबन्ध लवबहादुर कार्कीले जानकारी गराए ।

सम्बन्धित समाचार