जेन-जी आन्दोलन : प्रतिवेदन बुझाउन प्रधानमन्त्रीको कार्यालयमा पुग्यो जाँचबुझ आयोगको टोली

3.7k Shares

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको हताहती र विध्वंशबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सोमबार प्रतिवेदन बुझाउँदै

कार्की नेतृत्वको आयोगको टोली प्रतिवेदन बुझाउन अहिले सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ ।

आयोगका अध्यक्ष कार्की, सदस्य एवम् पूर्वडीआईजी विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाउन मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ।

अहिले आयोगका कर्मचारीहरू प्रतिवेदनको ढड्डा र कागजातहरू बोकेर कार्यालयमा पुगिसकेका छन्। आयोगले प्रतिवेदन बुझाइसकेपछि पत्रकार सम्मेलन गर मुख्य विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

सम्बन्धित समाचार