यूएईमा इरानी ड्राेन आक्रमणमा ज्यान गुमाएका गाेरखाका दिवस श्रेष्ठको शव नेपाल ल्याउने प्रक्रिया शुरू

1k Shares

काठमाण्डाै – संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा इरानी ड्रोन आक्रमणमा परेर ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको शव नेपाल ल्याउने प्रक्रिया शुरू भएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आज मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले यसबारे जानकारी गराउनुभएको हो । आबुधाबीमा रहेकाे जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत २९ वर्षीय श्रेष्ठको ज्यान गएकाे थियो ।

प्रवक्ता क्षेत्रीले अहिले खाडी देशहरूमा रहेका र ट्रान्जिटमा फसेका नेपाली नागरिक सुरक्षित रहेका त्यहाँ रहेका नियोगहरूले जानकारी गराएका बताउनुभयो । उहाँले मध्यपूर्वमा बढ्दो समस्याका कारण नेपाली नागरिकको सुरक्षासँग सम्बन्धित समस्याको हल गर्न परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा इमरजेन्सी रेस्पोन्स टिम गठन गरिएकाे बताउनुभयाे ।

सम्बन्धित समाचार