20.3k
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जनामा कोभिड संक्रमित थपिएका छन् । १५ हजार ८१ नमुनाको परीक्षण गर्दा ३ हजार ५५३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप एक जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६९३ पुगेको छ ।
त्यस्तै आज २७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या १४ हजार ३४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।