सर्वोच्च नेता मारिएपछि इरानी राष्ट्रपतिले के भने ?

1.7k Shares

काठमाडौं- इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इजरायल र संयुक्त राज्य अमेरिकाले गरेको आक्रमणको बदला लिनु इरानको “वैधानिक अधिकार र कर्तव्य” भएको बताएका छन् ।

आइतबार इरानी सरकारी सञ्चार माध्यममार्फत विज्ञप्ति जारी गर्दै पेजेस्कियानले सर्वोच्च नेता अली खामेनीको हत्या विश्वका “सबैभन्दा दुष्ट अपराधीहरू” बाट भएको उल्लेख गरेका छन् ।

उनले यस ऐतिहासिक अपराधका दोषी र कमाण्डरहरू विरुद्ध बदला लिनु इस्लामिक गणतन्त्र इरानको जिम्मेवारी भएको स्पष्ट पारेका छन्। पेजेस्कियानका अनुसार इरानले आफ्नो सम्पूर्ण शक्ति लगाएर यो महान् दायित्व र कर्तव्य पूरा गर्नेछ ।

सम्बन्धित समाचार