एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबको सहज जित

2.5k Shares

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबले सहज जित निकालेको छ ।  

बिहीबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको खेलमा पुलिस क्लबले नव जनजागृति क्लबलाई ७–० गोल अन्तरले पराजित गरेको हो ।

पुलिसको जितमा सञ्जीव लामा र  धिरेन्द्र बहादुर शाहले समान २–२ गोल गरेका थिए । त्यस्तै भरत शाह, दशरथ गिरी र विजय उरानले १–१ गोल गरे ।

जितसंगै ७ खेल खेलेको पुलिसको ७ अंक भएको छ भने नव जन जागृति क्लब अङ्कविहीन रहँदै तालिकाको पुछारमा रहेको छ । 

सम्बन्धित समाचार