2.3k
Shares
उदयपुर । उदयपुरमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सोमबार बिहान कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको बस उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा दुर्घटना भएको हो ।
दुर्घटनामा १२ जना घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् सशस्त्र प्रहरी बल नं.५ गण उदयपुरबाट खटिएको क्युआरटी टोलीले घाइतेहरूको उद्धार गरेर अस्पताल पठाएको जनाइएको छ । बस ब्रेक फेल भई सडकबाट अन्दाजी ३०–४० फिट तल खसेको जनाइएको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।