निरीक्षक भट्टसहित सई ठुकुरीलाई स्पष्टीकरण, कारवाही गरी जानकारी गराउनु 

19.3k Shares

चितवन । कवाडीको सामान बिक्री गरेको कारण चितवन ट्राफिकका निरीक्षक दयाकृष्ण भट्ट समेतका केही ट्राफिक प्रहरीहरू कारवाहीमा पर्ने भएका छन् ।
प्रहरी मुख्यालयले कारवाही गरी नतिजा जाहेर गर्नु भन्ने लिखित निर्देशन दिएपछि वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयले भट्ट सहित सई कृष्ण बहादुर ठुकुरी समेतलाई स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण सोधेपछि थप कारवाही अगाडि बढाउने स्रोत बताउँछ । अहिले ट्राफिक प्रमुखको रूपमा एसपी शान्ति राज कोइराला आएका छन् । कवाडीको सामान बिक्री गरेको घटनामा प्रहरी मुख्यालयले बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी शान्ति राज कोइरालाको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।
चितवन ट्राफिकका निरीक्षक दयाकृष्ण भट्टले कार्यालयमा रहेको झण्डै डेढ ट्रक कवाडी बिक्री गरेको काण्डमा अहिले छानबिन भैरहेको छ । यसअघि डिएसपी बिज्ञान बस्नेतको छानबिन समितिले भट्टलाई जोगाउने गरी प्रतिवेदन दिएपछि त्यसको विरोध भएपछि एसएसपी सुदिप गिरीको छानबिन समिति बनेको हो । एकै दर्जामा तीन पटक चितवन पोष्टिङ भएका भट्ट ट्राफिकमा आएदेखि नै कहिले कवाडी काण्ड त कहिले तेल र मेष काण्डमा जोडिदै आएपछि मुख्यालयले नै उच्चस्तरीय समिति गठन गरी छानबिन गर्न निर्देशन दिएको हो । यसैबीच पोष्ट चेन्ज गर्दा पनि रकमको लेनदेन भएको उजुरी परेपछि सो को पनि छानबिन हुने भएको छ ।
टाडीबाट मुग्लिङ लखेटिएका सई सुरेन्द्र बिष्ट त्यहाँ नगई जिल्लामा नै बसेका छन् । उनी सिनियर सई हुन र जिल्लामा बस्न नदिई मुग्लिङ पठाएकोमा विरोध गरिरहेका छन् । जिल्लामा २४ बर्षदेखि बसेका सई कृष्णजी ठकुरीको चकचकी रहेको छ । जिल्ला ट्राफिक कार्यालय चितवनको परिसरमा रहेका कवाडी सुटुक्क बिक्री गरी आम्दानीसमेत नबाँधी अनियमितता गरेका प्रहरी निरीक्षक दयाकृष्ण भट्टलाई प्रदेश प्रहरी कार्यालयले चोख्याएको थियो  । निरीक्षक भट्टले लकडाउन सुरु हुनासाथ मुचुल्का नै नउठाई एक ट्रक कवाडी बिक्री गरेको समाचार सार्वजनिक गरेपछि प्रदेश प्रहरी कार्यालयका डीआइजी बसन्तकुमार लामाले डीएसपी विज्ञान बस्नेतको संयोजकत्वमा एक प्रहरी नायब निरीक्षक(सई) र एक जवान रहेको छानबिन समिति बनाएका थिए । उक्त समितिका संयोजक बस्नेत आगामी माघमा अवकाश पाउँदैछन् । 
गैंडाकोटमै रहेको बस्नेतकी दिदीको घरमा कवाडी बिक्री प्रकरणमा जोगिने उपाय अबलम्बन गरिएको थियो । प्रतिवेदन बुझाउनुअघि साउन १५ मा डीएसपी बस्नेतलाई भेट्न निरीक्षक भट्ट र सई ठकुरी गैंडाकोट गएका थिए । त्यहीँ बस्नेतलाई खुसी पार्ने गरी नजरानाको ब्यवस्था गरिएको थियो । कुरा मिलिसकेपछि बस्नेतले त्यस्तो केही नदेखिएको, उजुरी परेको भनिएकोमा सामान राखेको ठाउँमा सामान यथावत रहेको भनेर प्रतिवेदन दिए । कवाडी बिक्री गरेको खोजतलासले पटक—पटक समाचार सार्वजनिक गरेपछि छानबिन समिति बन्यो ।
समिति बन्नासाथ निरीक्षक भट्टले रातारात वडा प्रहरी कार्यालय नारायणगढका निरीक्षक रविनबाबु रेग्मीसँग मिलेर कवाडी जम्मा पारेको समाचार खोजतलासले सार्वजनिक गरेको थियो । त्यति गर्दा पनि २५ प्रतिशत मात्र कवाडी ल्याएर भट्टले छानबिन समितिलाई बिक्री गरेको नपाइएको प्रतिवेदन तयार गर्न प्रभावित पारेका थिए ।
समितिका संयोजकलाई उनका आफन्तको घर गैंडाकोटमा खातिरदारी गरे, छानबिन समितिका सदस्य सई र सिपाहीलाई दैनिक भोजभतेर गराए । अवकाश हुन लागेका डीएसपी बस्नेतले पनि निरीक्षक भट्टबाट केही लाभ पाएपछि उनलाई जोगाउने प्रतिवेदन दिएको आरोप छ । कवाडी बिक्री गरेर पनि छानबिन समितिलाई प्रभावमा पारी जोगिएका इन्स्पेक्टर भट्ट अहिले मेरो दरबन्दी चितवन ट्राफिकमै हुने भयो भन्न थालेका छन् । अहिले काजमा थिएँ, आजभोलि हुने इन्स्पेक्टर सरुवामा दरबन्दी यहँीँ हुने भयो भन्दै उनी मख्ख परेका छन् । कवाडी बिक्री नगरेको भनी प्रतिवेदनमा साक्षीका रुपमा भट्टले राखेका एक बिचौलियालाई सही गराइएको छ । र, साक्षीको बयान लिन ती बिचौलियाको घरमै गएका थिए । सामान नहराएको भनी भट्टकै बिचौलियाले बयान दिएका छन् । 
कार्यालयका एक ट्रक कवाडी मुचुल्का नउठाई बिक्री गरी अनियमितता गर्दा पनि डीआइजी लामाले यसलाई गम्भीर रुपमा नलिई हल्काफूल्का रुपमा लिएको र छानबिन गर्न अवकास हुन लागेका डीएसपीलाई खटाएर झारा टार्ने काम गरेका थिए ।
 

सम्बन्धित समाचार