सुनको मुल्य ४ हजार ३ सय रुपैयाँले बढ्यो

3.7k Shares

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यम वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ४ हजार तीन सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १८० रुपैयाँले बढेर ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी ४ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार