काठमाडौं । कोरोना बिमा गर्नेले निजी ल्याबमा कोरोना परिक्षण गर्नेले पीसीआर रिपोर्ट पोजेटिभ देखिए कोरोना बिमा दाबी भुक्तनी नपाउने भएका छन् ।
बिमा समितिले कारोना बिमा कार्यविधिलाई देखाउँदै निजी ल्याबबाट परीक्षण गर्नेलाई दाबी भुक्तानी नदिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।
बिमा समितिका अनुसार निजी ल्याबबाट हुने गरेको परीक्षणमा ‘फ्रड’को आशंका लागेकाले दाबी भुक्तानी नदिन निर्देशन गरिएको हो ।
सरकारी ल्याबबाट गरिएको परीक्षणमा नेगेटिभ आउने र सोही व्यक्तिले निजी ल्याबमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको देखियो सोही कारणले गर्दा पनि निजी ल्याबको परिक्षणलाई मान्यता नदिएको बिमा समितिले बताएको छ ।
राजधानीकै जनप्रतिनिधिको कोरोना परीक्षण निजी ल्याबमा गर्दा पोजिटिभ आएको थियो । पछि सरकारी ल्याबमा परिक्षण गर्दा उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना बिमा कार्यविधि मै सरकारीबाट मान्यता प्राप्त सरकारी ल्याबबाट गरिएको परीक्षणका आधारमा मात्र दाबी भुक्तानी गरिने उल्लेख भएको बिमा समितिको भनाई रहेको छ ।
यसको अर्थ बिमा दाबी भुक्तानी लिन सरकारी निकायले पीसीआर पोजेटिभ भएको पुष्टि गरेको हुनुपर्छ । यसैगरी निजी ल्याबबाट परीक्षण गरे पनि सरकारी निकायले रोग पुष्टि गरेको खण्डमा बिमा कम्पनीबाट दाबी भुक्तानी पाउने गरी निर्देशनको तयारी गरिएको बिमा समितिले बताएको छ ।