20k
Shares
भारतकी चर्चित गायिका लता मंगेशकरलाई कोरोना संक्रमण भएको छ । मंगेशकरमा कोरोना संक्रमणको सामान्य लक्षण देखिएको र ब्रिच केन्डी अस्पतालको आइसियूमा भर्ना गरिएको बताइएको छ । डाक्टरहरूका अनुसार ९२ वर्षीया मंगेशकरलाई कोरोना संक्रमण र निमोनिया एकसाथ देखिएको छ ।
मंगेशकरलाई शनिबार राति अस्पतालमा भर्ना गरिएको थियो । हाल उनको अवस्था सामान्य रहेको र उमेरका कारण अस्पतालको आईसियूमा राखेर उपचार भइरहेको छ ।
उनी २०१९ नोभेम्बरमा पनि निमोनिया कारण सास फेर्न गाह्रो भएकाले २८ दिनसम्म अस्पताल बसेकी थिइन् ।
आफ्नो जीवनको ८० वर्ष सांगीतिक क्षेत्रमा बिताएकी मंगेशकरले तीस हजारभन्दा बढी गीत गाइसकेकी छिन् ।