1.1k
Shares
काठमाडौं– रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश ३ ०१(००५ख ९९७५ नम्बरको यात्रु बाहक बस बस दुर्घटनामा मंगलबार बिहान परेको हो ।
अहिलेसम्म घटनास्थलमा ६ जनाको शव भेटिएको छ ।
अरनिको यातायात समितिका अनुसार उक्त बसमा जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए ।
बसमा चालक, सहचालक र बस व्यवसायी ३ गरी जम्मा ११ जना सवार थिए ।
स्थानीय अनिष बुढाथोकीका अनुसार ड्राइभर भने हाम फालेर फरार भएका छन् । उनका अनुहार गाडी नदीमा पस्दा केही यात्रुलाई बगाएको आशङ्का गरिएको छ ।