टी–२० रनिङ कप क्रिकेट उपाधि गल्याङको पोल्टामा

7k Shares

स्याङ्जा, माघ १६ गते । प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटको उपाधि गल्याङ नगरपालिकाले जितेको छ । 

खुमा फाउण्डेसलने आयोजना गरेको प्रतियोगितामा गल्याङले वालिङ नगरपालिकालाई १० विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । 

वर्षाका कारण सात ओभरमा झारिएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको वालिङले निर्धारित ओभरमा ३९ रन बनाएको थियो । 

वालिङबाट सुजन गौतमले १० रन बनाएपनि हरुले दोहोरो अंक बनाउन सकेन्न् भने गल्याङबाट तुलसीहरी भण्डारी र इसान पाण्डेले दुई दुई विकेट लिनुभयो । 

४० रनको लक्ष्य पाएको गल्याङले ३.१ ओभरमा कुनै विकेट नगुगाई लक्ष्य भेटाएको हो । गल्याङबाट दीपक प्रसाद पाण्डेले २३ र इसान पाण्डेले १३ रन बनाउनु भएको थियो । 

यहाँ एनपीएलका सन्दिप क्षेत्री, राष्ट्रिय खेलाडी इसान पाण्डे, दिपक प्रसाद डुम्रे, विपीन खत्री जस्ता खेलाडीले भरिएको टिम गल्याङले जित निकालेको हो । उपाधि जितेको गल्याङले सुन र हिरा जडित रनिङ सिल्ड, दुई लाख रुपियाँ, कप, मेडल र प्रमाणपत्र हात पारेको छ ।

उपविजेतमा वालिङले एक लाख ५० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गरेको हो । तेस्रो भएको चापाकोटले एक लाख र सान्त्वना हरिनासले ५० हजार रुपियाँ पायो । माघ २ गतेबाट सुरु भएको प्रतियोगिता ११ पालिकाको सहभागिता रहेको थियो । 

सम्बन्धित समाचार