जगत लाल महर्जन
सात दशकभन्दा लामो राजनीतिक इतिहास भएको पार्टी नेपाली कांग्रेसले बदलिँदो राजनीतिक परिवेशको बीचमा २१औं शताब्दीको डिजिटल युगलाई मध्यनजर गर्दै नेपाली कांग्रेस पार्टीलाई फेरि पनि जनताको पहिलो र महत्वपूर्ण रोजाइको पार्टी बनाउन केही महत्वपूर्ण कुराहरूमा घनीभूत रूपमा छलफल भई एकताबद्ध गर्न अपरिहार्यता देखिन्छ । विगतका राजनीतिक उत्साह र निराशाका उतारचढावका बीचमा नेपाली कांग्रेस र समग्र नेपाली समाजको रूपान्तरणका लागि स्पष्ट दिशाबोध गर्नेछ भन्नेमा हामी आशवादी छौं ।
देशका ठूला-ठूला परिवर्तनमा अग्रणी भूमिका खेलेको पार्टी नेपाली कांग्रेसको कार्यकर्ता माझ नेपाली कांग्रेस समय सुहाउँदो, माटो सुहाउँदो एउटा लोकतान्त्रिक पार्टी हो भन्नेमा कुनै दुविधा छैन र राख्नु पनि हुदैन । यदि यो लोकतान्त्रिक पार्टीमा सैद्धान्तिक र व्यावहारिक विचलन आयो भने मुलुक र जनताले निकास पाउँदैनन् भन्ने आम कार्यकर्ताले बुझ्नु पर्दछ। पार्टी संगठन निर्माणको मुल खम्बा भनेको नै हाम्रो क्रियाशील सदस्यहरू हो ।
पार्टीको महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा गरेर निर्वाचनमा पराजित भएको मानिसलाई नेतासँग निकटताको आधारमा त्यसभन्दा माथिल्लो तहमा मनोनित गरिदिने, हारेका मानिस बसेर जितेका मानिसलाई टिकट वितरण गर्ने गलत र अप्रजातान्त्रिक अभ्यासको अन्त्यको माग संगै बिशेष महाधिवेशन सम्पन्न भै सकेको छ , परिबर्तन आवस्यक थियो र भएको छ।
देशमा आएको परिवर्तन र फाल्गुन २१ गते चुनाब घोषणाका संगै नेपाली कांग्रेसले १६५ क्षेत्रमा नै उम्मेदवारी मनोनयन भएर अगाडी बढी सकेको परिपेछेमा अब वडा, नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रसम्मका हरेक तहगत कार्यसमितिको पदाधिकारीहरुलाइ सकृय भुमिकाको जिम्मेवारी दिएर देशको पहिलो पार्टी बनाउन लाग्नु पर्नेछ ।
यो पार्टी सबैको हो भन्ने अनुभूति दिलाउन पार्टीभित्रको नेतृत्व तहले समयमै सहि निर्णय गर्नै पर्दछ। बीपी कोइराला भन्नुहुन्थ्यो, यदि हामीले युवाका लागि केही गरेनौं भने उनीहरूले हाम्रा लागि केही गर्दैनन् तसर्थ युवाहरुको उर्जाको सम्मान र ज्येष्ठहरुको अनुभव लाई संगालेर अब नंया परिबर्तित संगठन बनाउदै देश कांग्रेसमय बनाउने जिम्मेवारी नंया पुस्तामा आएको छ। अब हुने निर्वाचनमा नेपाली कांग्रेस लाई पहिलो देशको शक्ति बनाउन हामी सबै लागौं । बिजय सुनिश्चित गरेर युवामा आएको नैराश्यतालाई चिरेर यही पार्टीमा युवाको भविष्य छ भन्ने विश्वास दिलाउनु अति आवश्यक छ ।
समाज विकासमा राजनीतिक कार्यकर्ताको सक्रियता रहन्छ तसर्थ सधैं नेतृत्व लाई खबरदारी गर्दै सबैले नेपाली कांग्रेस लाई नै मतदान गराउन लागौं। देश विकासको गतिमा अवरोध पुर्याउने समाजको सबैभन्दा महारोग भनेको भ्रष्टाचार नै हो । नेपाली कांग्रेसबाट निर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरूले भ्रष्टाचार नगर्ने सामूहिक प्रतिबद्धता पनि गर्नुपर्दछ ।
बीपीको बुझाइमा जनतालाई राजनीतिक रूपमा अधिकार सम्पन्न नबनाएसम्म आर्थिक विकास गर्न सकिँदैन र आर्थिक विकासविना राजनीतिक अधिकारको संरक्षण गर्न सकिँदैन तसर्थ जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउनु नेपाली कांग्रेसको राजनीतिको अन्तिम गन्तव्य हुनुपर्छ ।
नेपाली कांग्रेसमा आमूल परिवर्तन ल्याउने गरी यसको पुनः निर्माणमा एकजुट भएर जुर्मुराउदै पार्टी,समग्र देश र जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन सक्नुपर्छ । नेपालको जेठो पार्टी नेपाली कांग्रेसले फेरि एकपटक आफूलाई अब्बल भएको प्रमाणित गर्न यो निर्वाचनमा सहकार्य, सहमति र एकताको प्रदर्शन गर्नु आजको समयको आवश्यकता हो।
जय नेपाल ।।।
जगतलाल महर्जन
क्षेत्र न:-३ "क"
उपसभापति