ललितपुर । ठेचो क्वागाः ब्याडमिन्टन क्लवद्वारा ७६ औं शहिद दिवसको अवसर पारेर दोस्रो गोदावरी नगरव्यापी खुल्ला मेयर कप ब्याडिमन्टन प्रतियोगिता आज माघ १५ गतेबाट सुरु भएको छ ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख अतिथ्यतामा सुरु भएको सो ब्याटमिन्टन प्रतियोगिता आज दुई टिमबिच प्रतिस्पर्धा भएको थियो ।
गोदावरी नगरपालिकाभित्रका ३८ जना खेलाडीले सो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने ठेचो क्वागाः ब्याडमिन्टन क्लवका अध्यक्ष रत्नमान मालीले जानकारी गराएका छन् ।
आज उद्घाटन खेलमा आयोजकको तर्फबाट राजु बस्नेत र अमर मालीको जोडी थिए भने लक्ष्मी कृष्ण महर्जन र दिपक लामाको जोडीले खेलेका थिए । सो प्रतियोगितामा लक्ष्मी कृष्ण र दिपकलामाको जोडी विजयी भएका छन् । त्यस्तै, दोस्रो खेलमा आयोजककै तर्फबाट पवन केसी र योगेश श्रेष्ठको जोडी र बडीखेलका सरदकुमार रेग्मी र बिरबहादुर नगरकोटीबीच प्रतिस्पर्धा भएको थियो । सो प्रतिष्पर्धामा आयोजकका पवन केसी र योगेश श्रेष्ठ विजयी भएका थिए ।
गोदावरी नगरव्यापी खुल्ला मेयर कपमा प्रथम हुने खेलाडीलाई नगद ४० हजार, दोस्रो हुने खेलाडीलाई २५ हजार र तेस्रो हुने खेलाडीलाई १५ हजार नगदसहित पुरस्कृत गरिने छ ।
गेदावरी नगरव्यापी दोस्रो खुल्ला मेयर कप व्याटिमन्टन प्रितयोगिताका प्रमुख आयोजक ठेचो क्वागाः ब्डामिन्टन क्लव रहेको छ भने सह—आयोजकका रुपमा गोदावरी नगरपालिका वडा नं. १२ रहेको छ ।