शुक्रबार एकैदिन ९६८ जनामा कोरोना पुष्टि

17.3k Shares

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागेको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट शुक्रबार एकैदिन ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १४ हजार ९७१ जनाको नमूना परीक्षण गरिएको थियो । ८ हजार २७२ जनाको पीसीआर र ६ हजार ६९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ५७२ र एन्टिजेन परीक्षणबाट ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या भने ११ हजार ६०२ पुगेको छ । 

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी २६२ जना संक्रम मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ । देशभर हाल ५ हजार ७४१ जना सक्रिय संक्रमित रहेका जनाइएको छ ।

सम्बन्धित समाचार