इरानमाथि ठुलो आक्रमण गर्नेबारे सोच्दैछन् ट्रम्प

3.2k Shares

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि सैन्य आक्रमण गर्ने विकल्पबारे विचार गरिरहेका छन्।
इरानले अमेरिकी धम्कीलाई अस्वीकार गर्दै कुनै पनि आक्रमणको कडा जवाफ दिने चेतावनी दिएको छ।
ट्रम्पले इरानलाई वार्तामा आउन आग्रह गर्दै परमाणु हतियार नबनाउन आग्रह गरेका छन्।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि नयाँ र ठुलो सैन्य आक्रमण गर्ने विकल्पबारे विचार गरिरहेका छन् । दुई देशबिच इरानको परमाणु कार्यक्रम र ब्यालिस्टिक मिसाइल उत्पादन सीमित गर्ने विषयमा भएको प्रारम्भिक छलफलबाट कुनै ठोस प्रगति नआएपछि यस्तो अवस्था सिर्जना भएको स्रोतहरूले जनाएका छन् । 

ट्रम्पका पछिल्ला धम्कीहरूलाई इरानले कडा शब्दमा अस्वीकार गरेको छ । कुनै पनि अमेरिकी सैन्य कारबाही भए तत्काल जवाफ दिने चेतावनी इरानले दिएको छ ।

आक्रमण भए इजरायललाई निशाना बनाइने धम्की इरानी सर्वाेच्च नेता आयातोल्लाह अली खामेनीका एक वरिष्ठ सल्लाहकारले दिएका छन् । यो घटनाक्रम ट्रम्प प्रशासनको इरानसम्बन्धी सार्वजनिक उद्देश्यमा तीव्र मोड आएको सङ्केत हो । 

केही साताअघि मात्र ट्रम्पले इरानभित्र भएका राष्ट्रव्यापी विरोध प्रदर्शनलाई समर्थन गर्ने सन्दर्भमा सैन्य हस्तक्षेपबारे गम्भीर रूपमा विचार गरेका थिए । ती प्रदर्शनमा सुरक्षाबलको दमनका कारण हजारौं मानिस मारिएका थिए । बुधबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘टु«थ सोसल’मा इरानलाई ‘निष्पक्ष र समान सम्झौता – परमाणु हतियार होइन’ भन्दै वार्तामा आउन माग गरे ।

अमेरिकाको अर्काे आक्रमण गत वर्ष इरानका तीन परमाणु केन्द्रमाथि गरिएको आक्रमणभन्दा झनै भयावह हुने चेतावनी उनले दिएका छन् । स्रोतहरूका अनुसार अहिले विचाराधीन विकल्पमा इरानका शीर्ष नेताहरू, सुरक्षा अधिकारीहरू, परमाणु केन्द्रहरू र सरकारी संस्थालाई निशाना बनाएर हवाई आक्रमण समावेश छन् । यद्यपि ट्रम्पले अन्तिम निर्णय गरिसकेका छैनन् । हाल अमेरिकी विमानवाहक युद्धपोत समूह ‘यूएसएस अब्राहम लिंकन’ भारतीय महासागर हुँदै इरान नजिक पुग्दैछ, जसले सम्भावित आक्रमण तथा क्षेत्रीय सहयोगीको सुरक्षा दुवैमा भूमिका खेल्न सक्छ । 

सम्बन्धित समाचार