15.3k
Shares
दाङ । तुलसीपुर क्षेत्रका स्कुलमा अध्ययनरत विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि दाङको तुलसीपुर उप-महानगरपालिकाले माघ ३ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । तुलसीपुरका कहि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपमहानगरले स्कुलमा अध्ययनरत बालबालिकाहरुमा कोरोना संक्रमण फैलँदै गएकाले भौतिक उपस्थितिमा पठनपाठन बन्द गर्न विद्यालयहरुलाई भनेको हो । साथै तुलसीपुर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयहरुको पठन पाठन बन्द गर्नुका साथै आन्तरिक परिक्षा स्थगित गर्ने निर्णय समेत गरेको छ ।