‘भ्यालेन्टाइन डे’ मा साढे तीन लाख वटा गुलाबको फूल खपत हुने

18.9k Shares

काठमाडौँ । प्रणय दिवस ‘भ्यालेन्टाइन डे’को एक सातामा साढे ३ लाख वटा गुलाबको फूल खपत हुने भएको छ । बुधबारदेखि सुरु भएको एक सातासम्म जारी रहने यो दिवसको अवसरमा साढे तीन लाख वटा गुलाबको फूल प्रयोग हुने भएको हो । 

‘भ्यालेन्टाइन डे’ मा प्रयोग हुने गुलाबको फूल मध्ये ९० प्रतिशत गुलाब भारतबाट आयात हुन्छ भने १० प्रतिशत स्वदेशी रहेको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले जनाएको छ । तीन लाख ५० हजार वटा गुलाब फूलमध्ये भारतबाट ३ लाख १५ हजार वटा गुलाबको फूल ल्याइएको छ भने ३५ हजार वटा गुलाब फूल स्वदेशी रहेको छ । 

फ्यानका अध्यक्ष मीन बहादुर तामाङका अनुसार भारतबाट आयात हुने प्रतिगुलाब ६० रुपैयाँ पर्छ । यसलाई आधार मान्ने हो भने १ करोड ८९ लाखको गुलाब आयात गरिएको छ । ६० मा ल्याएको गुलाब बजारमा ८० देखि ९० रुपैयाँसम्म बिक्री हुने उनले जनाए । 

सम्बन्धित समाचार