शेयर बजार ५ महिनायताकै उच्च विन्दुमा, १३ अर्ब ७८ कराेडकाे काराेबार ६ महिनायताकै धेरै

4.5k Shares

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५७ दशमलव ५५ अङ्कले बढेर २ हजार ७ सय ७२ दशमलव १७ विन्दुमा पुगेको छ ।

नेप्से ५ महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसअघि गएको भदौ १२ गते नेप्से २ हजार ७ सय ८१ विन्दुमा पुगेको थियो ।

आज सबै समूहको शेयर बढेकोमा होटल समूहको शेयर सबैभन्दा धेरै ३ दशमलव ३५ प्रतिशतले उकालो लागेको छ ।

आज ९ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन एभरेस्ट बैंकको डिबेन्चर २०८५ भने सबैभन्दा धेरै ५ दशमलव ८० प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गएको बिहीवार ९ अर्ब ७ करोडको कारोबार भएकोमा आज ३ सय ३१ वटा कम्पनीको ३ करोड ९ लाख कित्ता शेयर १३ अर्ब ७८ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो कारोबार रकम ६ महिनायताकै उच्च हो । गएको साउन १५ गते १५ अर्ब ९८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

सम्बन्धित समाचार