यसपटकको निर्वाचनमा राप्रपा एक्लै भिड्छ : अध्यक्ष लिङ्देन

5.1k Shares

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा लगायत अन्य ठाउँमा कुनै पनि हिसाबमा राप्रपाले गठबन्धन नगर्ने दाबी गरेका छन्।

झापा क्षेत्र नम्बर- ५ र झापा क्षेत्र नम्बर – ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा बीच चुनावी तालमेल हुने चर्चापछि खबरहबले सोधेको प्रश्नमा उनले कुनै पनि पार्टीसँग तालमेल नहुने बताए ।

२०७९ को निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा नेकपा एमालेको सहयोगमा लिङ्गदेन प्रतिनिधि सभा निर्वाचनमा विजय भएका थिए। यस्तै क्षेत्र नम्बर ५ मा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको सहयोगमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजय भएका थिए। 

यसपटक पनि ओली र लिङदेन बीच सहकार्य हुने धेरैले आकलन गरेका छन् । तर राप्रपा अध्यक्ष लिङ्देनले एमाले अध्यक्ष ओलीले गरेको फोनको समेत रेस्पोन्स नगरेको कुराहरू बाहिर आएका छन्। 

एमाले अध्यक्ष ओलीसँग चाहिँ सहकार्य गर्नुहुन्छ भन्ने प्रश्नमा लिङदेन भने- ‘यसपटक राप्रपाले कोही कसैसँग सहकार्य गर्दैन जनतासँग सहकार्य गरेर आफूलाई परीक्षण गराउँछ ।’

लिङ्देनले ओलीको फोन नउठाउनु भएको हो भन्ने प्रश्नको भने जवाफ दिन चाहेनन् । यसबारे उनले भने, ‘कहिलेकाहीँ व्यस्त भइन्छ साथीभाइको फोनै उठाउन पाइँदैन ।’

झापाको निर्वाचनमा होली र लिङदेनले अन्तिमसम्ममा सहकार्य गरे क्षेत्र नम्बर ५ मा ओलीलाई विजय हुन र क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष लिङ्देनलाई विजय हुन सहज हुने यहाँको स्थानीयको आकलन छ। 

यस्तै राप्रपाले सहयोग गरेको खण्डमा क्षेत्र नम्बर ५ मा बालेन्द्र शाहलाई पनि निर्वाचन जित्न सहज हुने स्थानीय बताउँछन् ।

सम्बन्धित समाचार