7.1k
Shares
काठमाण्डाै – सञ्चार तथा सूचना मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिनुभएकाे छ । मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाउनुभएकाे हाे ।
आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिने तयारी गर्नुभएकाे छ । उहाँ ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ ।
यसअघि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले रास्वपाबाटै सिराहा क्षेत्र नम्बर १ मा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुभएकाे थियाे ।