डा . नितेश घिमिरे
हिजोसम्म हाँस्दै हिँड्ने, काममा सक्रिय, फिट देखिने युवा आज अचानक ढल्छन्। अस्पताल पु¥याउन नपाउँदै मृत्यु घोषणा हुन्छ। पछिल्ला केही वर्षयता यस्ता घटनाहरू नेपालमा मात्र होइन, विश्वभर तीव्र रूपमा बढिरहेका छन्। चिकित्सकहरू यसलाई ‘कार्डियाक अरेस्ट’ को डरलाग्दो लहरका रूपमा व्याख्या गर्छन्।सबैभन्दा चिन्ताजनक पक्ष के छ भने— कार्डियाक अरेस्ट अब बुढ्यौलीको रोग रहेन।३० वर्षमुनिका, खेलाडी, जिम जाने, सामान्य जीवन बिताइरहेका युवाहरू यसको सिकार बनिरहेका छन्।
चिकित्सकीय भाषामा कार्डियाक अरेस्ट भनेको मुटुले अचानक रगत पम्प गर्न छोड्नु हो।जब मुटुको धड्कन एक्कासी बन्द हुन्छ, शरीरका कुनै पनि अंगमा रगत पुग्दैन। विशेषगरी मस्तिष्कमा अक्सिजन आपूर्ति रोकिन्छ। चिकित्सकहरूका अनुसार ४ देखि ६ मिनेटभित्र उपचार नपाए मस्तिष्क स्थायी रूपमा क्षतिग्रस्त हुन्छ र अधिकांश अवस्थामा बिरामीको मृत्यु हुन्छ।यसलाई चिकित्सकहरू ‘अचानक हुने क्लिनिकल मृत्यु’ पनि भन्छन्।
कार्डियाक अरेस्ट किन हुन्छ ?
मुटु केवल मांसपेशी मात्र होइन, यो विद्युतीय प्रणालीबाट चल्ने अङ्ग हो। यही विद्युतीय प्रणालीमा समस्या आएपछि कार्डियाक अरेस्ट हुने गर्छ।मुटुको धड्कन अत्यधिक छिटो, ढिलो वा अव्यवस्थित हुँदा मुटुले रगत पम्प गर्न सक्दैन। यही अवस्था कार्डियाक अरेस्टको सबैभन्दा ठूलो कारण मानिन्छ।
मुटुको नली अचानक बन्द हुँदा हृदयघात हुन्छ। हृदयघातपछि मुटुको मांसपेशी क्षतिग्रस्त भई कार्डियाक अरेस्ट हुन सक्छ।कतिपय मानिसमा जन्मैदेखि मुटुको संरचना वा विद्युतीय प्रणालीमा समस्या हुन्छ, तर लक्षण नदेखिने भएकाले थाहा हुँदैन। यस्ता व्यक्तिमा युवावस्थामै अचानक कार्डियाक अरेस्ट हुन सक्छ।धूम्रपान, अत्यधिक मदिरा सेवन र लागूपदार्थले मुटुको विद्युतीय सन्तुलन बिगार्छ। चिकित्सकहरूका अनुसार पछिल्ला वर्षहरूमा युवामा कार्डियाक अरेस्ट बढ्नुको मुख्य कारण यही हो।पोटासियम, क्याल्सियम जस्ता तत्वको कमी वा अधिकताले पनि मुटुको धड्कन एक्कासी बन्द हुन सक्छ।
युवामै किन बढ्दैछ कार्डियाक अरेस्ट ?
पहिले कार्डियाक अरेस्ट ६०–७० वर्ष उमेर समूहमा देखिन्थ्यो। तर अहिले २० देखि ४० वर्ष उमेर समूह सबैभन्दा जोखिममा देखिएको छ।फास्ट फुड, अत्यधिक तेलिलो खाना, शारीरिक निष्क्रियता र अनियमित दिनचर्या युवाको मुटुका लागि घातक बन्दै गएको छ।बेरोजगारी, करियर प्रेशर, पारिवारिक तनाव, सामाजिक दबाब—यी सबैले युवामा दीर्घकालीन तनाव बढाएको छ। तनावले मुटुको विद्युतीय प्रणालीमा गहिरो असर पार्छ।बिना प्रशिक्षक भारी तौल उठाउने, स्टेरोइडको प्रयोग गर्ने र अचानक अत्यधिक व्यायाम गर्ने प्रवृत्तिले मुटुमा गम्भीर जोखिम सिर्जना गरिरहेको चिकित्सकहरू बताउँछन्।युवावस्थामा रक्तचाप, मधुमेह, कोलेस्ट्रोल जाँच नगर्ने बानीले समस्या लुकाएर राख्छ, जसले एक्कासी कार्डियाक अरेस्ट निम्त्याउँछ।
हृदयघात र कार्डियाक अरेस्ट फरक–फरक हुन्
सामान्य भाषामा धेरैले हृदयघात र कार्डियाक अरेस्टलाई एउटै ठान्छन्, तर चिकित्सकीय रूपमा यी दुई फरक अवस्था हुन्। हृदयघातः मुटुको नली बन्द हुनु र कार्डियाक अरेस्टः मुटुको धड्कन बन्द हुनु हो ।हृदयघात हुँदा बिरामी प्रायः होसमा हुन्छ, छाती दुख्ने, पसिना आउने जस्ता लक्षण देखिन्छन्।तर कार्डियाक अरेस्टमा बिरामी एक्कासी बेहोस हुन्छ र नाडी चल्दैन। “हरेक हृदयघात कार्डियाक अरेस्ट हुँदैन, तर धेरै कार्डियाक अरेस्ट हृदयघातपछि हुन्छ।”
सबैभन्दा डरलाग्दो पक्ष के छ भने कार्डियाक अरेस्टमा प्रायः कुनै चेतावनी लक्षण देखिँदैन।तर सम्भावित संकेतहरू अचानक बेहोस हुनु , सास नचल्नु , नाडी नचल्नु , छाला नीलो हुनु , कुनै प्रतिक्रिया नदेखिनु कुनै प्रतिक्रिया नदेखिनु हो ।यस्ता लक्षण देखिएपछि एक सेकेन्ड पनि ढिला नगरी उपचार सुरु गर्नुपर्छ।
कार्डियाक अरेस्ट पूर्ण रूपमा उपचारयोग्य अवस्था हो, तर समयमै उपचार भएमा मात्र।छाती थिचेर र कृत्रिम सास दिएर मुटु र मस्तिष्कमा रगत प्रवाह कायम राखिन्छ। ४–६ मिनेटभित्र ऋएच् सुरु भए जीवन बच्ने सम्भावना धेरै हुन्छ।मुटुलाई विद्युतीय झट्का दिएर धड्कन पुनः सुरु गराइन्छ। विकसित मुलुकमा सार्वजनिक स्थानमा ब्भ्म् राखिने गरिन्छ, तर नेपालमा यसको अभाव छ।आईसीयू उपचार, औषधि, पेसमेकर वा शल्यक्रियामार्फत बिरामीको ज्यान जोगाउन सकिन्छ।मुटु रोग विशेषज्ञहरू भन्छन्—“कार्डियाक अरेस्टले उमेर, हैसियत, फिटनेस केही हेर्दैन। जीवनशैली सुधार नगरे युवामा मृत्यु दर अझै बढ्नेछ।”
कार्डियाक अरेस्ट आजको युगको मौन हत्यारा बनेको छ।आज बेवास्ता गरियो भने भोलि त्यो बेवास्ता जीवनकै मूल्य चुकाउनुपर्ने हुन सक्छ।स्वास्थ्यप्रति सजगता, नियमित जाँच, तनाव नियन्त्रण र ऋएच् जस्ता जीवनरक्षक सीप सिक्नु आजको आवश्यकता बनेको छ। किनकि कार्डियाक अरेस्टले दोस्रो मौका दिँदैन।