कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा युवतीको मृत्यु

16.5k Shares

काठमाडौं । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार युवतीको मृत्यु भएको छ । चालक घाइते छन् ।

धादिङ घर भई काठमाडौंको नैकाप बस्दै आएकी २७ वर्षीया सोफिया श्रेष्ठको उपचारका क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा गए राति मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक गोरखाका ३१ वर्षीय रामशरण ढकालको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

स्वयम्भूबाट बल्खुतर्फ जाँदै गरेको प्रदेश ३–०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल गए राति करिब पौने २ बजे अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएको थियो ।

सम्बन्धित समाचार