बर्दिबास । बर्दिबास स्थित जेनजी युवाहरूले नेपालबाट तस्करी गरेर झापा हुदै बंगलादेश पुर्याउन लागिएका २५ वटा गाेरू पक्राउ गरेका छन् ।
आइतबार राति झन्डै ८ बजेको समयमा जेनजी युवाहरूले ट्रकमा लाेड गरेर पूर्व लैजादै गरिएको गाेरू पक्राउ गरेका हुन । ९२९१ नम्बरको ट्रकमा उक्त गाेरू लैजादै गर्दा युवाहरूले पुरानो नगरपालिका अगाडि पक्राउ गरेका हुन । यो समाचार तयार गर्दा समेत युवाहरूले ट्रक प्रहरीलाई बुझाएको भए पनि गाेरू बुझाएका छैनन् ।
उक्त गाेरू सर्लाही बरहथवाकाे शुम्भु सिंह नाम गरेको व्यापारीकाे भएको र उनी लामो समयदेखि गाईगाेरूकाे तस्करीमा संलग्न रहेको पक्राउ अभियानमा लागेका जेनजी युवाहरूले जानकारी दिएका छन् । यसरी गाईगाेरू तस्करी गर्ने र प्रहरीले पक्राउ नगरेवापत प्रहरीलाई मासिक ठूलो रकम तस्करहरूले दिने गरेको समेत खुलेको छ ।
बर्दिबास प्रहरीलाई मासिक ३ लाख , बर्दिबास ट्राफिकलाई ५० हजार दिने गरेको समेत जेनजी युवाहरूले आराेप लगाएका छन् । यसबाहेक जिल्ला एसपी र डिआइजीलाई समेत मासिक रकम दिएर यो अबैध तस्करी धन्दा चलिरहेको उनीहरूकाे आराेप छ । एक साता अघि मात्रै पनि यिनै युवाहरूले सिन्धुलीबाट ल्याएको ४ वटा गाई र ४ वटा गाेरू पक्राउ गरेर बर्दिबास प्रहरीलाई बुझाएका थिए । तर प्रहरीले भने आंफुले पक्राउ गरेको भनेर भन्सारमा बुझाएको थियो ।