कांग्रेस महामन्त्री शर्माको प्रस्ताव : श्रीमान् र श्रीमती एकैपटक सांसद हुन नपाउने (पूर्णपाठसहित)

2.1k Shares

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले श्रीमान्–श्रीमती एकैपटक सांसद बन्न नपाउने प्रस्ताव गर्नुभएको छ ।

विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री शर्माले पेश गर्नुभएको समसामयिक राजनीतिक समस्यासम्बन्धी प्रतिवेदनमा भनिएको छ, ‘एकाघरका सदस्य (मूलतः श्रीमान् र श्रीमती) एउटै तहको जनप्रतिनिधि हुन नपाउने ।’

जनप्रतिनिधित्वमा नातावाद झल्किएको भन्ने विषय नागरिकमा आलोचित र अलोकप्रिय बनेको उल्लेख गर्दै महामन्त्री शर्माले  त्यसलाई तोड्न यस्तो प्रस्ताव गर्नुभएको हो । उहाँले केन्द्रीय समितिमा ४० वर्षमुनिका ४० जनालाई ल्याउने गरि विधानमा व्यवस्था गर्ने प्रस्ताव राख्नुभएको छ ।

शर्माले ‘नागरिकले मत दिएर नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाए, भरोसा र विश्वास गरे तर हामीले तिनै नागरिकको चरम असन्तुष्टिलाई समयमै चिन्न र चिर्न किन सकेनौँ ? यो विषम परिस्थिति सम्हाल्दै देशलाई नयाँ मोडमा लैजान वस्तुगत आत्मसमीक्षा गर्दै नवीन मनोविज्ञान र नवीन इच्छाशक्तिले अघि बढ्न हामी सक्छौँ कि सक्दैनौं ?’ जस्ता प्रश्न पनि प्रतिवेदनमा उठाउनुभएको छ ।

यी प्रस्तावहरूमा बन्दसत्रमा सहभागी प्रतिनिधिले छलफल गरि निष्कर्षमा पुग्नेछ ।

सम्बन्धित समाचार